| प्रेस विज्ञप्ती/निमन्त्रणा | |
|
नेपाल उद्योग वाणिज्य महासंघ नेउवामहासंघ-बस्तुगत परिषद्को उपसभापतिमा शंकर प्रसाद पाण्डे निर्वाचित
- समस्या समाधानका लागि उपसमितिहरु गठन एवं बृहद कार्यक्रम तर्जुमा गर्ने निर्णय - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष्ा एवं बस्तुगत परिषद्का सभापति भाष्करराज राजकणिर्कारको सभापतित्वमा महासंघको सचिवालयमा आज बसेको बस्तुगत परिषद्को बैठकले उक्त परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं नेपाल पश्मिना उद्योग संघका अध्यक्ष्ा शंकर प्रसाद पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ । उक्त बैठकले बस्तुगत क्ष्ाेत्रका समस्या समाधानका लागि उद्योग व्यापार व्यवसायको प्रकृति अनुसार महासंघका सदस्य बस्तुगत संघहरुलाई सात समूहमा विभाजन गरी उपसमितिहरु गठन गरी कार्य गर्नुका साथै ती उपसमितिहरुद्वारा बृहद रुपमा कार्यक्रमहरु तर्जुमा गरी घोषणा सभाद्वारा सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । स्मरणीय छ, नेपाल उद्योग वाणिज्य महासंघमा हाल उद्योग व्यापार एवं सेवा व्यवसायसंग सम्बन्धित ६७ वटा राष्ट्रिय स्तरका बस्तुगत महासंघ/संघहरु सदस्य रहि आएका छन् । Release On : Wednesday, 04 February 2009
| |










