| फोटो व्यङ्ग्य संग्रह | |
![]() गाईको बाछाले कान चपाउदा पनि किन सन्चोले बसेको यो बिरालो, कि यसले पनि नेताले जे गरे पनि चुपलागेर बस्ने नेपालीहरुको शिको गर्न खोजेको हो ? ANA २०६६ असार /तस्विरः आयाम |
विरोध प्रदर्शनको विरोध गदैः आज एकाविहानै उठ्ने वित्तिएकै नक्साल बासीले केही युवाको सहयोगमा आगो ताप्ने विचार गर्यो त्यो पनि बिच सडकमा नै, आगो ताप्ने बहान थियो सरकाले दिदै आएको लोडसेडिङको उपहार बढाएकोमा, बाटो वरीपरी मट्टीतेलका खाली ड्रमहरु राखेर विरोध गरीरहेका थिए । त्यसै बेला एक महिला सायद घरबाट नै ढिलो हिडेको त्यसमा पनि सडक अवरोध भएर कार्यालय ढिलो पुगिने पक्का भएपछि आन्दोलन कारी र त्यहा फोटो खिच्न पुगेका पत्रकारलाई पनि नविराई औला ठडाउदै काराउदै । ANA २०६५ पौष १४
|
![]() सभासद ज्यूहरु संविधान सभा बैठक की मोवाइल बैठकः यो तस्विरहरु श्रावण ३१ गते प्रधानमन्त्रीको निर्वाचन हुने दिनको हो, संविधान सभा बैठक परिसर अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सभासदहरु मोवाइल फोनमा व्यस्त देखिनु हुन्छ । सभाहलमा भने समयमा बैठक सुरु नभएर सभासदहरु हाईकाड्दै दिक्क मानेर बसिरहेका थिए । सायद सभाहलमा मोवाइलको नेटवर्क नलिने भएकोले होला सभासद ज्यू बाहिरै अघाउन्जेल कुरा गरेको । ANA २०६५ भाद्र |
अर्धनङ्गन महिलाको अगाडी पूरै नाङ्गीयो सरकार : तीन सातादेखि महिलामाथि हुने हिंसाको अन्त्यका लागी स्वतन्त्र, निष्पक्ष आयोग गठनको माग गर्दै रिले अनसनमा बस्दै आएका महिला अधिकारवादीहरुले अन्ततः माइतिघर मण्डलमा अर्धनङ्गन जुलुस निकाल्न बाध्य भए । महिलाहरुको अनसनलाई सान्त्वना दिन प्रमुख बाम नेतालाई २० दिन लागेको थियो भने सरकारले त अनसनबारे थाहा नै पाएन । थाहा पाउंदासम्म त महिलाहरु आधा लुगा खोलेर सडकमा आउने तयारी गररिहेका थिए । कामचलाउ सरकार पनि के कम प्रहरी लगाएरै भएपनि तत्काललाई जुलुस विफल पार्न सफल भयो । ANA श्रावण |
कसलाई केधन्दा............: उपराष्ट्रपतीले अर्काको भाषामा सपथ खाएको विरोध गर्न निस्किएका यी मानिसहरु पनि के कम उपराष्ट्रपतीको सिको गर्दै अर्काको लौका र केरा खानबाट पछि हटेजस्तो देखिदैन । उपराष्ट्रपती जस्तो गरिमामय पदका व्यक्तिले त राष्ट्र र राष्ट्रियता विर्सिन्छ र पछि सम्झन्छ भने यीनिहरुलाई त झन के थाहा नैनिकता र इमान्दारीता । ANA श्रावण |
![]() नेपाली कांग्रेसका कुलबहादुर गुरुङ्ग र फोरम संयोजक उपेन्द्र यादवको यो हासो राष्ट्रपती र उपराष्ट्रपतीको निर्वाचन भैरहेको बेला निर्वाचन परीसर अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हो, सायद यो हासोमा दुवैको आ-आफ्नो पार्टीले पद पाउन लागेकोले पो हो की । पद पाउदा जसरी हास्नु भएको थियो अहिले उपराष्ट्रपतीले हिन्दि भाषामा शपथ खाएको विरोधमा सडक बल्दा पनि त्यतिनै गम्भीर हुनु पर्ने बेला किन मौन ? ANA श्रावण/तस्विरः AG |
एमाले सम्वद्ध युथ फोर्सले गएको आषाढमा घुस लिदै गरेको अवस्थामा पक्राउ परेका सरकारी कर्मचारीहरु हुन यी दुइजना (रातो फेटा नबाध्ने) । वास्तवमै राम्रो काम गरेका छन् युथ फोर्सले घुस खाने कर्मचारीलाई पक्राउ गरेर, तर सानातिना कर्मचारीहरुलाई पक्राउ गर्नु भन्दा पहिले उनीहरुकै माऊ पार्टीका पानीट्याङ्कीमा पैसा लुकाउने वरिष्ठ नेताहरुलाई नै यसरी सार्वजानीक गर्ने सामथ्य देखाउन सके जनताले पत्याउंथे कि ? ANA श्रावण |
![]() गाईको बाछाले कान चपाउदा पनि किन सन्चोले बसेको यो बिरालो, कि यसले पनि नेताले जे गरे पनि चुपलागेर बस्ने नेपालीहरुको शिको गर्न खोजेको हो ? ANA श्रावण/तस्विरः आयाम
|
| [पछिल्लो पृष्ठ] | |













