| खेलकुद समाचार विस्तार | |
![]() नेपाल थाइल्याण्डमा जारी यु-१९ महिला क्रिकेट च्याम्पियनसिप क्रिकेटको उपाधि जितेको र फाईनलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपाली महिला तर्फ १९ वर्ष मुनिको ए.सी.सी. महिला क्रिकेटको उपाधि जित्ने नेपाली क्रिकेट टीमलाई काठमाण्डौमा आज सम्मान गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले विशेष कार्यक्रम गरी पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताउने नेपाली महिला टीमलाई सम्मान गरेको हो । क्यानले उपाधि जित्ने टीमका सदस्यलाई जनही १५ हजार रुपैया दिने घोषणा गरेको छ । त्यस्तै प्रायोजक चौधरी ग्रुपले पनि टीमलाई ५१ हजार रुपैया दिने भएको छ । नेरी थापाको नेतृत्वमा रहेको नेपाली महिला टोलीले प्रतियोगिताभर अपराजित रहादै उपाधि जितेको थियो । ANA २०६५ पौष १० Telecast On : Thursday, 25 December 2008
| |
|
|
|











