| मनोरञ्जन समाचार विस्तार | |
|
फिल्मकर्मीले आज गृहमन्त्रीलाई भेट्ने
आइतबार 'ग्रेटर नेपाल' डकुमेन्ट्रीको प्रदर्शनमा प्रहरीले रोक लगाएको विषयमा फिल्मकर्मीको टोलीले आज २ बजे गृहमन्त्री वामदेव गौतमलाई भेट्ने कार्यक्रम तय भएको छ। संजीवनी भोलेन्टियर्स नामक संस्थाले आइतबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा 'ग्रेटर नेपाल' डकुमेन्ट्री प्रदर्शन गर्न लागेको थियो तर शनिबार नै प्रहरीले फोन गरेर प्रदर्शनमा रोक लगाएका थिए । कारण नखुलाई मौखिकरुपमा फिल्म रोकिए पछि फिल्मकर्मीले यसको विरोध गरेका छन्। नेपाल चलचित्र निर्देशक समाजको पहलमा गृहमन्त्रीलाई भेटी रोकका विषयमा प्रष्टीकरण माग गर्ने भएका छन्।ANA २०६५ पौष २९ Telecast On : Tuesday, 13 January 2009
| |
|
|
|










