| आर्थिक समाचार विस्तार | |
|
साफ्टा विज्ञ समूहको बैठक आजदेखि
दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता साफ्टा विज्ञ समूहको बैठक आज देखि काठमाण्डौमा शुरु । सार्क सचिवालयमा विहान शुरु हुने वैठकमा नेपालले साफ्टा अन्तर्गतको सेवा व्यापार विस्तारका लागि आग्रह गर्ने छ । बैठकमा सेवा व्यापार सम्बन्धि सँझौताको सैद्धान्तिक विषयमा छलफल हुने बाणिज्य मन्त्रालयले जनाएको छ । दुई महिना पहिले नेपालमा नै भएको साफ्टा विज्ञ समुहको पहिलो बैठकमा पनि सेवा व्यापारकै विषयमा छलफल भएको थियो । विश्व व्यापार संगठन WTO को सम्झौतामा सेवा व्यापारका लागि ११ क्षेत्र र १ सय ६० उपक्षेत्र तोकिएका छन् तर दक्षिण एसियाली क्षेत्रीय सम्झौतामा यस भन्दा बढि वा घटि क्षेत्रहरु पनि समावेस गर्न सकिने छ । यसै मान्यताका आधारमा नेपालले ११ क्षेत्र र ७० उपक्षेत्रको प्रस्ताव गरेको छ । भारत, बंगलादेश र पाकिस्तानले भने लगानीका लागि नेपालको भन्दा नीकै कम क्षेत्र मात्रै खुला गरेका छन् । ANA २०६५ माघ ७ Telecast On : Tuesday, 20 January 2009
| |
|
|
|










